१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कुष्ठ रोगी पहिचानका लागि शिवराजमा छाला शिविर



दिपक खड्का, चन्द्रौटा ।

कपिलवस्तुको पश्चिममा रहेको शिवराज नगरपालिका वडा नं. २ मा दुई दिने कुष्ठ रोग पहिचानका लागि छाला शिविर सम्पन्न भएको छ । शिवराज नगरपालिका कुष्ठ रोग प्रभावित क्षेत्रको रुपमा रहेकोले शिविरको आयोजना गरिएको शिवराज स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताए ।

कुष्ठरोग पहिचान शिविर शिवराज नगरपालिकाको वडा नं. २ अन्तरगत हल्लानगर र मद्रहवा गाउँमा संचालन गरिएको फेयरमेडका कार्यव्रmम सहजकर्ता मन्जु सुबेदीले बताईन् । शिविरमा दुई सय छाला रोगीले सेवा लिएका थिए ।

शिवपुर स्वास्थ्य चौकीबाट ६ जना कुष्ठ रोग प्रभावित व्यक्तिहरुले नियमित सेवा लिईरहेको पौडेलले बताए । छाला रोग अन्र्तरगत दाद र लुतो भएका व्यक्तिहरुले निशुल्क सेवा लिएका थिए ।

शिवराज नगरपालिकामा २४ जना कुष्ठ रोगका बिरामीले उपचार गराईरहेका शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी पौडेलले बताए । शिविरमा आएका कुष्ठ रोगका बिरामीहरुले शिवराज नगरपालिकाले कुष्ठ रोगीहरुलाई बेवास्ता गरेको गुनासो गरेका थिए ।

नेपालमा प्रति दश हजार व्यक्तिमा गरिएको अनुसन्धानमा शुन्य दशमलव ९२ प्रतिशत कुष्ठरोगीमा अपाङ्गता हुने सम्भावना रहेको कुष्ठरोग रहेको छ । नेपालमा सन् २०३५ सम्म कुष्ठरोगलाई शुन्यमा झार्नु पर्ने लक्ष्य भएकोले कुष्ठरोगलाई अन्य रोग सरह भएकोले गाउँ गाउँमा जनचेतना र शिविर संचालन आवश्यक रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६ शुक्रबार ००:००  ९ : ०३ बजे