मायादेवी अनलाइन, लुम्बिनी ।
विहीबादेखि सुरु भएको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन (च्यान्टिङ) आज पनि जारी छ । बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन सुरु भएको हो । लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन पाठ सुरु गरिएको छ ।
भिक्षुमैत्री महास्थवीरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । विहीबार पहिलो दिन नेपाली भिक्षुले सूत्रपिटक अन्तर्गतको दीर्घ्निकायको बह्रमजाल सूत्र वाचन गरेर त्रिपिटक वाचन गरेका छन् ।
दोस्रो दिन शुक्रबार कम्बोडिया, कोरिया र म्यान्मारका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्ने कार्यक्रम छ । तेस्रो दिन थाई भिक्षुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ ।
लुम्बिनीस्थित पुण्य बगैंचा रहेको मायादेवी मन्दिर छेउको उत्तरतिर बिहीबारदेखि सुरु भएको त्रिपिटक बाचन शनिबारसम्म संचालन हुनेछ । कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेसनल अमेरिकाका अध्यक्ष वाङवो डिसेको नेतृत्वमा १ सय १९ विदेशी भिक्षु लुम्बिनीमा सहभागी जनाएका छन् । म्यानमार, भियतनाम, थाइल्यान्ड, श्रीलंका, मलेसिया, ब्राजिल, जापान र अमेरिकालगायत देशका भिक्षु, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाको सहभागिता रहेको आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिनुभयो ।
२९ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया