मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा जितपुरमा पनि लायन्स र लियो क्लव अफ कपिलवस्तुले सचेतना र्याली निकालेको छ भने मधुमेह रोगको निशुल्क परीक्षण गरेको छ ।
विहीबार बैरिया बाणगंगा यातायात ब्यावसायी समितिबाट सुरु भएको र्याली चार नम्बर जितपुर परिक्रमा गरी सि एण्ड सि हस्पिटलमा आई सभामा परिणत भएको थियो । र्यालीमा बिभिन्न संघसंस्थाका प्रमुखको सहभागिता थियो भने ज्ञानपुञ्ज बोर्डिङ स्कूल राजपुर, पारिजात आवासीय मावि बनगाई तथा सयपत्री क्याम्पस वैरियाका शिक्षक तथा विद्यार्थीहरु प्ले कार्डसहित सहभागी थिए ।
प्ले कार्डमा मधुमेह रोगबाट बच्ने उपायका बारेमा लेखिएका जनचेतनामूल्क सामग्री थिए । र्यालीपछि सि एण्ड सी हस्पिटलमा निशुल्क सुगर परीक्षण पनि सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाका मेयर मंगल थारु, नगर प्रवक्ता विष्णु पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायत ३ सय बढीले निशुल्क सुगर जाँच गराएका छन् भने सि एण्ड सि हस्पिटलका फिजिसियन विशेषज्ञ डाक्टर प्रकाश पुनले परामर्श दिनु भएको थियो ।
विश्वमा नसर्ने रोगमध्ये अधिकांश मानिसमा मधुमेह रोग लागेकाले सचेतना जगाउन कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुरेन्द्र घिमिरेले बताउनु भयो । लियो र लायन्स क्लवले गर्ने बिभिन्न सामाजिक काम अन्तर्गत मधुमेह दिवसमा कार्यक्रम गरिएको क्लवका अध्यक्ष कुमार खड्काले बताउनु भयो ।
प्रतिक्रिया