मायादेवी अनलाइन, तौलिहवा ।
पूर्व मन्त्री तथा सांसद बृजेश कुमार गुप्ताले हरेक क्षेत्रमा बढ्दै गएको राजनीतिको बिकृति अन्त्य गर्नु पर्ने बताएका छन । सामाजिक काममा समेत राजनीति घुसेको प्रति चिन्ता ब्यक्त गर्दै उनले यसलाई सबै मिलेर हटाउनु पर्ने बताए । हरेक क्षेत्रमा राजनीति घुसेकोले भ्रष्ट्राचार समेत बढेको उनले बताए ।
भगवानदास स्मृति प्रतिष्ठानले कपिलवस्तुको तौलिहवामा स्वर्गीय भगवानदास गुप्ताको २२ औं पुन्य स्मृतिमा तौलिहवामा राखेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेको सांसद गुप्ताले सो कुरा बताएका हुन ।
उनले आफ्ना पित स्वर्गीय भगवानदास गुप्ताको स्मरण गर्दै आजीवन जनताको सेवामा समर्पित गर्ने र भ्रष्ट्रचार नगर्ने प्रण गरे । ‘राजनीतिमा ब्यस्त रहने बुवासंग सयम बिताउन पाईन, तर उहाँका साथीहरुबाट बुवालाई बुझने कोसिस गर्दैछु’ उनले भने । जनताको सेवा गरे भने बुवा प्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए ।
सो अवसरमा प्रतिष्ठानको तर्फबाट गरिब बिपन्न, असाहय, जेहन्दार बिद्यार्थीका लागि कोष खडा गर्ने घोषणा गरे । आफ्ना हजुर बुवा पशुपति साउको नाममा कोष बनाउने उनले बताए । कोषले नै चाडै बृद्धआश्रम बनाउने कार्य अघि बढाईएको बताए । सो अवसरमा पुर्व राजदुत तथा कांग्रेस नेता दीप कुमार उपाध्यायले भगवानदास एक कुशल राजनीतज्ञ भएको चर्चा गर्दै कपिलवस्तुको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए । ‘३ वटा मानस बुद्धको जन्मथलोमा शान्तिको सन्देश छर्दै विकासको गतिलाई अघि बढाउनु पर्छ’ उनले भने ।
सो अवसरमा प्रदेश नम्बर ५ का सामाजिक विकास समितिका संयोजक तथा प्रदेश सदस्य दीर्घ नारायण पाण्डेयले स्वर्गीय भगवानदास गुप्ता एक कुशल नेता रहेकोले पछि परेको जिल्लामा विकास गरी अघि बढे उहाँको सच्चा श्रद्धाञ्जली हुने उनले बताए । विकासमा सबैको सहकार्य, साथ हनु पर्ने उनले बताए । प्रदेश सदस्य धर्म बहादुरलाल श्रीवास्तवले पछि परेको जिल्लाको विकासमा सबैले मिलेर काम गर्नु पर्ने बताए ।
सो अवसरमा बिभिन्न क्षेत्रमा योगदान दिने ५ जनालाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको थियो । तेज कुमार बौद्धाचार्य, बनारसी बर्मा, सरला उप्रेती, हरिहर यादव र श्यामसुन्दर चौधरी सम्मानित भएका हुन ।
सांसद गुप्ताको अध्यक्षता र जर्नादन गिरीको संचालनमा भएको कार्यक्रममा पुर्व मेयर रामदास गुप्ता, नेकपा नेता आजाद अहमद दर्जी लगायतले मन्तब्य दिएका थिए । यस्तै प्रतिष्ठानले सोही पुन्य तिथीको अवसरमा बालगृहका बेसाहारा बालकहरु र कपिलस्तु अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको थियो । यस्तै सोही अवसरमा बालमन्दिर अघि रहेको स्वर्गीय भगवानदास गुप्ताको शालिकमा माल्यापर्ण समेत गरिएको थियो ।
२९ कार्तिक २०७६ शुक्रबार ००:००
4
Shares
प्रतिक्रिया