मायादेवी अनलाइन, वाणगंगा ।
कार्तिक पूर्णीमाको दिनदेखि लागेको लक्ष्मणघाट मेला सकिएको छ । प्रदेश ५ कै ऐतिहासिक, धार्मिक महत्व बोकेको लक्ष्मणघाट मेला गएराती देखि सकिएको हो । लक्ष्मणघाटमा हरेक बर्षको कार्तिक पूर्णीमाको दिन मेला लाग्दै आएको छ । यस बर्ष पनि लक्ष्मणघाटको मेला देश तथा विदेश गरी हजारौं दर्शनार्थीले अवलोकन गरेका छन् ।
यसैबीच लक्ष्मणघाट मेलासंगै लक्ष्मणघाट सामुदायिक विकास केन्द्रको आयोजनामा आयोजित बृहत सांस्कृतीक कार्यक्रमको पनि समापन गरिएको छ । पूर्णीमाकै दिन देखि सुरु भएको सांस्कृतीक कार्यक्रम सकिएको हो । कार्यक्रममा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो वेजोड प्रस्तुती देखाएका थिए । मेलाको अन्तिम दिन हिजो कार्यक्रममा खचाखच दर्शकको उपस्थिती रहेको थियो ।
२९ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया