८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगाबाट जिल्लास्तरीय ‘पब्लिक स्पिकिङ’ का लागि ८ जना विद्यार्थी छनौट



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट ८ जना विद्यार्थी जिल्लास्तरीय पब्लिक स्पिकिङ (मञ्चिय सार्वजनिक भाषण) का लागि छनौट भएका छन् । प्याव्सन वाणगंगाको आयोजनामा भएको प्रतियोगीतामा नीजि विद्यालयका ८ विद्यार्थी छनौट भएका हुन् ।
छनौट भएका यी विद्यार्थीले शुक्रबार तौलिहवामा हुने जिल्ला स्तरीय प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । प्याब्सन कपिलवस्तुले जिल्ला स्तरीय ‘पब्लिक स्पिकिङ’ प्रतियोगीता आयोजना गरेको छ । जसका लागि जिल्लाव्यापी छनौट प्रतियोगीता भैरहेको छ । त्यसैको शिलशिलामा बुधबार वाणगंगामा कार्यक्रम आयोजना गरिएको हो ।
प्याब्सन वाणगंगाका अध्यक्ष राजु अधिकारीका अनुसार विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउनका लागि प्रतियोगीताको आयोजना गरिएको हो । प्रतियोगीतामा प्याब्सन मातहत विभिन्न विद्यालयका २० जना विद्यार्थीले सहभागीता जनाएको अध्यक्ष अधिकारीले बताउनुभयो । प्रतियोगीतामा आधारभूत तहका विद्यार्थीले प्राविधिक शिक्षाको महत्व र माध्यमिक तहका विद्यार्थीले पर्यटन बर्ष २०२० को बारेमा बोलेका थिए ।
प्याब्सन कपिलवस्तुका उपाध्यक्ष सुन्दर पाण्डे, जिल्ला सल्लाहकार बासुदेव घिमिरे लगायतको उपस्थिती रहेको थियो । व्याब्सन वाणगंगाका अध्यक्ष अधिकारीका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खडानन्द गौतमको स्वागत मन्तव्य र डि.बी. थापाको सञ्चालन रहेको थियो । कपिलवस्तु प्याब्सनले विद्यार्थीका विभिन्न प्रतिभा प्रष्फुटनका लागि हरेक बर्ष रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६ बिहिबार ००:००  ६ : २४ बजे