१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

महिला भलिवलमा नेपालको इतिहास, माल्दिभ्सलाई पराजित गरी स्वर्ण पदक



मायादेवी अनलाइन, कपिलवस्तु ।
महिला भलिवलमा नेपालले इतिहास रचेको छ । एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । गर्दै नेपालले इतिहास रचेको हो । च्याम्पियनसिप जित्दै
बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपालले आज पनि सोझो सेटमा पराजित गर्यो । महिला भलिबल च्याम्पियनसिपमा नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो ।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार पहिलो सेटमा पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै २५–१३ को जित निकाल्न सफल भयोे । नेपालले ४–७ ले पछि परेको नेपालले १२ अंक जोड्दै १६–७ को अग्रता लिदै सहज जित निकालेको थियो । दोस्रो सेटमा नेपालले दवाव झेल्नु परेन ।

उच्च प्रदर्शन गरेको नोपलले दोस्रो सेटमा २५–१२ को सहज जितसहित खेलमा २–० को अग्रता लियो । तेस्रो सेटमा पनि उच्च प्रदर्शनलाई कायमै राख्दै नेपालले २५–८ को एकपक्षीय जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

त्यसअघि बिहिबारै किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो । किर्गिस्तानले २५–१३, २५–१४ र २५–१२ को सोझो सेटमा जित निकाल्यो ।

गत शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको थियो । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६ बिहिबार ००:००  ३ : ५१ बजे