लुम्बिनी ।
बुद्ध जन्मस्थल लुम्बिनीमा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरू भएको छ। त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डकी पूर्वमन्त्री कुनिन सुधारतलगायतले दीप प्रज्वलन गरि शुभारम्भ गरे।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीको प्रवर्द्धनका लागि प्रदेश सरकारले योजनाबद्ध विकासका कार्यक्रम ल्याउने बताए।
कपिलवस्तुको तिलौराकोट उत्खननको काम अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले बुद्धस्थलहरूमा ती स्थानहरूको महत्वकै आधारमा विकासका लागि प्रदेश सरकार लागिरहेको बताए।
निग्लिहवामा कनकमुनी बुद्ध, गोटिहवामा कक्रछन्द बुद्धका प्रतिमा राख्ने र नवलपरासीको रामग्राममा बुद्ध संग्रहालय निर्माण गर्ने बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनामा पूर्णरुपमा सञ्चालनमा आउने तथा सडकसमेत मर्मत छिटोभन्दा छिटो सक्नेगरी काम अघि बढाएको उनले बताए।
उनले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनीले एकताको सन्देश फैलाएको बताए। आयोजक समितिका संयोजक भिक्षु मैंत्री महास्थवीरले सरकारी स्तरबाट त्रिपिटक वाचनजस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताए।
नेपाल, भारत, श्रीलंका, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मार, चीनलगायतका २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन्।
२८ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया