काठमाडौं ।
सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छु, फेसबुकलाई उदृत बीबीसीले लेखेको छ। त्यस्तै फेसबुकले अर्को चर्चित सामाजिक संजाल इन्स्टाग्रामबाट हटाइएको सामग्रीलाई पनि समावेश गर्दै अर्को छुट्टै तथ्याङ्क पनि सार्वजनिक गरेको हो। बीबीसीका अनुसार हटाइएका सामग्रीमध्ये फेसबुकबाट १ करोड १६ लाख र इन्स्टाग्रामबाट ७ लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री रहेका छन्। जसध्ये ९९ प्रतिशत सामग्री फेसबुकले आफैले पत्ता लगाएको र बाँकी करिब १ लाख सामग्री युजरले दिएको रिपोर्टका आधारमा पत्ता लगाइएको हो। आत्महत्यासम्बन्धी २५ लाख सामग्री फेसबुकबाट र ८ लाख ४५ हजार इन्स्टाग्रामबाट हटाइएको छ। त्यस्तै लागुऔषध र बेचबिखनबारे फेसबुकबाट ४४ लाख र इन्स्टाग्रामबाट १५ लाख सामग्री हटाइएको छ। यस्ता विभिन्न शिर्षकमा फेसबुकको ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको छ।
२८ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया