काठमाण्डौँ ।
समाजवादी पार्टीको संघीय परिषद् बैठक आज बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । बैठकले सरकार छाड्नेरनछाड्ने भन्नेबारे ठोस निर्णय गर्ने बताइएको छ । त्यस्तै राजपासँगको पार्टी एकताबारे पनि परिषद बैठकले निर्णय गर्नेछ ।उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा। बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलो पटक परिषद् बैठक बस्न लागेको हो । बैठकमा एक हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ ।पार्टीभित्रबाटै सरकार छाड्नुपर्ने दवाव एकातिर छ भने राजपाले पनि पार्टी एकताका लागि सरकार छाड्नुपर्ने शर्त राखेको छ ।
बैठकपछि पार्टीले सरकार छाड्ने र संविधान संशोधनसहितका राजनीतिक मुद्दा लिएर जनताबीच जाने दाबी नेताहरूले गरेका छन् । सरकारबाट बाहिरिएपछि राजपासँग एकीकरणको प्रयासले मूर्त रूप लिने उनीहरूको दाबी छ ।
बाबुराम भट्टराईको नेतृत्वमा रहेको परिषद् पार्टीलाई वैचारिक मार्गनिर्देशन गर्ने सर्वोच्च संस्था हो । वरिष्ठ नेता अशोक राईका अनुसार यसले पार्टीको सिद्धान्त, नीति, घोषणापत्र, विधान र नियमावली बनाउने काम गर्छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा छ । तर परिषदका अध्यक्ष भट्टराईसहितका अधिकांश नेताहरु भने सरकार छाड्नुपर्ने अडानमा छन् ।
बैठकमा भट्टराईले समग्र राजनीतिक परिस्थिति र पार्टीको यसअघि घोषित सिद्धान्तलाई थप व्याख्यासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । समाजवादी पार्टीले यसअघि नै बहुराष्ट्रिय राज्यको अवधारणाको सेरोफेरोमा आफ्नो राजनीतिक दर्शन अघि सारेको थियो । यही दर्शनअन्तर्गत उसले हाल कार्यान्वयनमा आएको संघीय मोडललाई परिवर्तन गर्नुपर्ने मुद्दा उठाएको छ ।
प्रतिक्रिया