कपिलवस्तु ।
देशभर भारतले नेपालको भूमि मिचेको भन्दै आन्दोलन भैरहेको बेला कपिलवस्तुस्थित भारतीय सिमानाकामा रहेका पिल्लरको विजोग उजागर भएको छ । बर्खाको बेला बाढीले बगाएका सिमानाका उठाउन तत्तपरता कसैले नदेखाएको हो । गत साउन महिनामा आएको बाढीले पल्लिर ढालेपछि यसको चर्चा खुवै भएको थियो । तर, पल्लर ढलेको झण्डै चार महिना भैसक्दा पनि ठडाउने प्रयास हुन सकेको छैन् ।
नेपाल-भारत सीमा छुट्याउने अर्ररा नदी किनारमा स्थापना गरिएका ५ वटा सीमा स्तम्भ बाढिका कारण ढलेका हुन् । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका ती स्तम्भहरुको सरकारी निकायबाट निरीक्षण गरिएपनि मर्मत तथा पुर्ननिर्माणबारे चाँसो देखाइएको छैन् ।
विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७७.७ र त्यसको ५ सयमिटर उत्तर दूरीमा रहेको पिलर नं. ५७८.१० पानीमा लडेका छन् । गाउँपालिकाको वडा नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमामा रहेको पिलर नं. ५७७.७ र ५७७.९ पनि ढलेकै अवस्थामा छन् ।
५७७.९ नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७.७ को आधा भाग पानीमा डुबेको छ । विजयनगर गाउँपालिका १, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको स्थानीयको भनाई छ ।
दैनिक जसो सिमा क्षेत्रमा पुग्ने सुरक्षा निकाय निरिक्षण गरेर फर्कन बाहेक केहि गर्न सकेको छैन् । वर्षाको भेलले सीमा स्तम्भ लडाएसँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ । सीमास्तम्भ निर्माणका लागि दुईदेशिय टोलीकै आवश्यकता पर्ने भएकाले सोको लागि केन्द्रीयस्तरकै पहल आवश्यक छ ।
विजयनगर गाउँपालिका ५ का वडा अध्यक्ष अनवर मुसलमानले पटक पटक निरीक्षण गर्न गएको भएपनि कुनै कदम भने चाल्न नसकेको बताए ।
सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुइ देशीय केन्द्रीयस्तरको सर्वेक्षकसहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्तम्भ संरक्षणमा ढिलाई भएको हो । शसस्त्र प्रहरी गुल्म कृष्णनगर क्षेत्रमा मात्र २ सय ८९ सीमा स्तम्भ रहेका छन्, जसमा एउटा जङ्गे पिल्लर रहेको छ भने त्यो जिर्ण रहेको छ ।
दुवै देशका पदाधिकारी बसेर स्तम्भ उठाउनुपर्ने अध्यक्ष थापाको तर्क छ । जिल्लाकै विकट क्षेत्र रहेको जवाबैराठमा रहेका केही स्तम्भहरु समेत जिर्ण अवस्थामा छन् । ति स्तम्भलाई पुर्न निमार्ण गर्न आवश्यक देखिन्छ । दुई देशका सीमामा ४६ मुख्य सीमा स्तम्भ, २ सय २६ सहायक सीमा स्तम्भ र २ सय ६० साना सीमा स्तम्भ गरि कुल ५ सय ३२ सीमा स्तम्भहरु छन् ।
२८ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया