११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

स्वतन्त्र सेनानी कुवँरको लक्ष्मणघाटमा अन्तिम श्रद्धाञ्जली



बाबुराम रायमाझी, जितपुर ।

राष्ट्रका स्वतन्त्र सेनानी स्वर्गीय नन्दबहादुर कुवँरको लक्ष्मणघाटमा अन्त्यष्टि गरिएको छ । मंगलबार ८६ वर्षको उमेरमा उहाँको निधन भएको थियो । स्वर्गीय कुवँरको अन्तिम श्रद्धाञ्जली गर्ने क्रममा उहाँको जीवनीबारे पनि प्रकाश पारिएको थियो । साथै कुँवरको पार्थिव शरिरमा कांग्रेस कपिलवस्तुले झण्डा ओढाएको थियो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर निवासी कुवँरको जन्म वि. सं. १९९० पौष २७ गते काठमाडौमा भएको थियो । वि. सं. १९९० मा नेपालमा गएको महा–भुकम्पका बेला उहाँको जन्म भएको थियो ।

बुवा खगनाथ कुवँर र अमा निमादेवी कुवँरको कोखबाट जन्म लिनुभएका कुवँर युवा अवस्था देखि नै सामाजिक राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्नुभएको थियो । अर्घाखाँचीको अड्गुरीमा आफ्नो वाल्यकाल विताउनुभएका कुवँर २००७ सालमा राणाहरुको विरोधमा चिठिपत्र बोकी भारतको कलकत्ताबाट विरोध सुरु गर्नुभएको थियो ।

त्यस्तै उहाँले वि.सं. २०१५ साल पछि पञ्चायतमा देश निकाला भई प्रवासी जीवन पनि बिताउनुभएको थियो । नेपाली राजनीतिका प्रजातान्त्रिक नेताहरु वि.पि. कोईराला, सुर्वण शम्सेर र गणेशमान लगायतका कांग्रेस नेतृत्वहरुको नजिक रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रियताका साथ लाग्नु पनि भएको थियो ।

स्वर्गीय कुवँरले तत्कालिन समयमा नेपालमा विद्यालय शिक्षाको सवालमा पनि उल्लेख्य योगदान पु¥याउनुभएको सामाजिक अगुवा बताउँछन् । उहाँले अर्घा, खाँची, बाग्लुङ, पाल्पा लगायतका जिल्लामा रहि कमान्डर भई काम समेत गर्नुभएको थियो । अन्तिम श्रद्धाञ्जलीमा प्रतिनिधि सभा सदस्ग अतहर कमाल मुसलमान,जिल्ला तथा क्षेत्रिय स्तरका नेता, स्थानीय तहका जनप्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु,सञ्चारकर्मी गरी संयौ संख्याको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६ बिहिबार ००:००  ८ : १६ बजे