११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

प्यूठानका ३ वडामा ८ जनाको उमेदवारी



प्यूठान ।
ऐरावती गाउँपालिका-१ र २ तथा प्यूठान नगरपालिका-२का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंसीर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ३ वडामा ८ जना उमेदवारले बुधबार मनोनयन दर्ता गराएका हुन् ।
प्यूठान नगरपालिका-२मा नेकपाका मूक्ति पोखरेल र नेपाली कांग्रेसका मोहनसिँह विष्टले उम्मेदवारी दिए । नेकपाका पोखरेल पार्टीका जिल्ला सचिवालय सदस्य हुन् । उनी शिक्षक पदबाट अवकाशपछि राजनीतिसँगै उद्यमशिलताको क्षेत्रमा क्रियाशिल छन् ।
नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (असई) पदबाट अवकाश पाएका कांग्रेसका उम्मेदवार विष्ट ०७४ को स्थानीय तह निर्वाचनमा उपमेयरको उम्मेदवार थिए ।
तत्कालिन अध्यक्ष खिमबहादुर विष्टको गत वर्ष मंसिरमा निधन भएपछि उक्त वडा एक वर्ष नेतृत्व विहीन थियो । वडामा कुल ३ हजार २१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस विष्णु प्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  ७ : ५६ बजे