सन्धिखर्क ।
मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीनै जना खनाल थरका उम्मेदवारको उम्मेदवारी दताए भएको छ । वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलय खनदहले जनाएको छ। नेकपा र कांग्रेसले दलबलका साथ र्याली गर्दै निर्वाचन कार्यलयमा आएर उम्मेद्वारी दर्ता गरेका थिए ।
उम्मेद्वारी दर्तामा नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी, राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदश सांसदहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरेलगायतका नेताहरुको उपस्थितिमा नेकपाले उम्मेद्वारी दर्ता गरेको हो ।
कांग्रेसले केन्दी्रय सदस्यहरु तथा प्रतिनिधिसभाका सदस्य मानबहादुर विक, पुस्पा भुसाल, प्रदेश सांसद निर्मला क्षेत्री जिल्ला सभापति विष्णु मुस्कानसहितका नेताहरुको उपस्थितिमा उम्मेद्वारी दर्ता गरायो ।
वडा अध्यक्षको निर्वाचन भए पनि अर्घाखाँचीमा यो निर्वाचनलाइ नेकपा र कांग्रेसले आफ्नो प्रतिष्ठाको लडाइँसंग जोडेका छन्। तत्कालीन एमाले मात्रले जितेको नेकपाले आफ्नो पकड कायम राख्ने तयारीमा छ। आफैँभित्रको कारणले गएको निर्वाचनमा हारेको निष्कर्ष निकालेको कांग्रेसले यो निर्वाचन जित्ने अभियानमा लागेको छ ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वा्चित अध्यक्ष जीवनकुमार चौहानको २०७४ को पुसमा रूपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएपछि उक्त वडा अध्यक्षको पदमा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया