११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

रुरुमा वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी



गुल्मी ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका-६ मा रिक्त रहेको अध्यक्ष पदका लागि ३ जनाले उम्मेद्वारी दिएका छन् ।
रुरु क्षेत्र गाउँपालिकाको बलेटक्सारमा रहेको निर्वाचन कार्यालयमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट गिरिप्रसाद सिन्जाली र नेपाली कांग्रेसबाट बेदप्रसाद दर्लामीले उम्मेदवारी दर्ता गराएका छन् । मनबहादुर दर्लामीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सिन्जालीको मनोनय दर्ताका लागि नेकपाबाट प्रदेश ५ का सांसद कमराज श्रेष्ठ, दिनेश पन्थी, नेकपा गुल्मी अध्यक्ष मधुकृष्ण पन्त सहितका नेता लगायत स्थानीय कार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए ।
कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, गुल्मी जिल्ला सचिव खिलध्वज पन्थीसहितका नेता तथा अगुवा कार्यकताहरु बेदप्रसाद दर्लामीको उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए । उपनिर्वाचन हुन लागेको यस वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
यसअघि २०७४ सालमा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट पूर्णबहादुर रेग्मी विजयी भएका थिए । उनको निधन भएपछि यो वडामा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  ७ : ३६ बजे