८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

किसानलाई धान भित्रयाउने चटारो



दाङ ।
दाङका किसानलाई अहिले धान भित्रयाउने चटारो बढेको छ । उनीहरु यतिबेला खेतमा पाकेको धान काट्ने, सुकाउने, दाउने र भित्र्याउने काममा व्यस्त छन् ।

किसानहरु खेती स्याहार्नका लागि बिहानदेखि बेलुकीसम्म खेतबारीमै देखिन्छन् । जताततै धान पाकेर पहेँलपुर भएको छ । समयमै धान रोप्न पाएको भए असोज अन्तिम साताबाट धान स्याहार्न सुरु हुन्थ्यो तर यसवर्ष समयमै पानी नपर्दा धान भित्र्याउन केही ढिलो भएको छ ।

किसानलाई धान काट्ने चटारो परिरहँदा जिल्लाका कतिपय ठाउँमा धान काट्ने मजदुर नपाएको किसानको गुनासो पनि छ । त्यस्तै जिल्लाका कतिपय ठाउँमा समयमा आकाशबाट पानी नपरेकै कारण पनि रोपिएको धान पसाउन नसकेको किसानको गुनासो छ । वर्षेनी असोज महिनाको अन्तिम सातादेखि मंसिर अन्तिमसम्म जिल्लाका किसानहरु धानबाली भित्रयाउन र गहुँ मसुरो, चना लगाएतका बाली लगाउनमै व्यस्त हुने गर्दछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  १ : ४३ बजे