नवराज पौडेल, कपिलवस्तु ।
सिमा अतिक्रमणको विरोधमा राष्ट्रिय जनमोर्चा कपिलवस्तुले विरोध प्रर्दशन गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका बनगाईमा मंगलबार राष्ट्रिय जनमोर्चाले विरोध प्रर्दशन गरेको हो । भारतीय सिमा अतिक्रमणको विरुद्ध कोण सभा गरिएको रा.ज.मो कपिलवस्तुले जनाएको छ । सभालाई सम्बोधन गर्दै रा.ज.मो का जिल्ला अध्यक्ष दधिराम आचार्यलले सम्पुर्ण देशभक्त नेपाली जनता एक ढिक्का भई छिमेकी राष्ट्र भारत विरुद्ध लड्नुपर्ने बताउनु भएको छ ।
भारतले खटाएका भारतीय सेना हटाई तत्काल कालापानिमा नेपाली सेना परिचालन गर्नु पर्ने अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रिय सदस्य केयर सिहं अदैले माग गर्नुभयो । भारतीय सेनाले अटेरी गरेमा यो विषय अन्तराष्ट्रियकरण गरि जानुपर्ने भन्दै अहिले सत्तापक्ष र प्रतिपक्ष दल लगाएत अन्य सम्पुर्ण दल भारतको हस्तक्षेप विरुद्धमा दल एकजुट देखिएकाले संयुक्त राष्ट्रवादी मोर्चा बनाएर आन्दोलनमा उत्रिनुपर्ने विरोध सभाका सहभागीले जोड दिएका छन् ।
सभालाई रा.ज.मो का जिल्ला अध्यक्ष दधिराम आर्चाय, नेकपा मसालका जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ – अन्टुकका केन्द्रिय सदस्य केयर सिहं अदै, अखिल छैठौंका जिल्ला अध्यक्ष रिसभ आर्चाय लगाएतले सम्बोधन गर्नु भएको थियो ।
प्रतिक्रिया