११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

रामघाट मेला भर्न श्रद्धालु भक्तजनको ओइरो



मायादेवी अनलाइन, कपिलवस्तु ।
कार्तिक शुक्ल पुर्णिमाका दिन मंगलवार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको ओईरो लागेको छ । बाणगंगा नदीको रामघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन । रामघाट मेला जिल्लाकै सबै भन्दा पुरानो मेला हो । रामघाट मेला ब्यवस्थापन समितिका अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनको संख्या समेत बढेको छ । कार्तिक शुक्ल पुर्णिमाका दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परम्परागत मेला लाग्ने गर्दछ ।
बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा मंगलवार लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालुहरु गएका थिए् । प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बोकेको मेला भएको श्रद्धालु भक्तजनहरु बताउछन । मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका थिए । रामघाटमा भारतको शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका मानिस समेत आएका थिए । मेलाका लागि सोमवार राति देखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए । भक्तजनहरुले रात भरी जागा्रम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका थिए । यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । सो अवसरमा सयौ भक्तजनहरुले पुजापाठ गरी गौ दान समेत गरेका थिए । त्रेतायगुमा भगवान राम बनवास जानेक्रममा प्यास लागे पछि अर्जुनले बाण हानेर पानी निकालेका थिए । रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  ७ : १५ बजे