११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

चर्चित बलिउड गायिका लता मंगेशकर उपचारपछि घर फर्किन्



एजेन्सी ।
यसै वर्ष ९० वर्ष लागेकी चर्चित बलिउड गायिका लता मंगेशकर हिजो साँझ अस्पतालबाट घर फर्केकी छन् ।
सास फेर्न गार्हो भएपछि उनलाई सोमबार बिहान २ बजे मुम्बई स्थीत ब्रिचक्याण्डी अस्पतालको आईसियूमा भर्ना गरिएको थियो ।
मुम्बईबाट प्रकाशित हुने ’मुम्बई मिरर’का अनुसार घरमै राखेर उपचार गर्दा हुने अवस्था भएपनि अस्पताल नजिके भएकाले उनलाई भर्ना गरिएको जनाएको छ ।
श्रोतको हवाला दिदै उक्त पत्रिकाले गायिका मंगेशकरको अवस्था हाल स्थिर रहेको र क्रमिक सुधारोन्मुख भइरहेको लेखेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  ९ : १२ बजे