मायादेवी अनलाइन, कपिलवस्तु ।
लुम्बिनीमा सुरु भएको राष्ट्रिय साहित्यिक गोष्ठिमा आज पनि बिभिन्न स्रष्टाहरु घन्कँदै छन् । लुम्बिनीसँग जोडिएका सबै क्षेत्रको साहित्यबाट प्रचार गर्ने उदेश्यले हिजोबाट गोष्ठि सुरु भएको हो ।साहित्यिक गोष्ठीको दोस्रो दिन साहित्यकारहरु कपिलवस्तुको कुदान क्षेत्रको अवलोकन गरी पूर्णिमा उत्सवमा सहभागी हुने कार्यक्रम छ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कंदा पिता शुद्धोधनलाई पहिलो पटक भेटेको स्थान कुदान अर्थात् निग्रोधराममा मङ्गलबार साँझ पर्यटन मन्त्रालयले पूर्णिमा उत्सवको आयोजना गरेको छ । गोष्ठिमा कथा, कविता र साहित्य प्रतिभा भएका उच्च स्तरका साहित्यकारहरुले प्रस्तुति दिने छन् भने बौद्ध साहित्यकारले पनि विशेष प्रस्तुति दिने छन् ।
२६ कार्तिक २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया