११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

शिख धर्मगुरु नानकको जन्म जयन्ति आज, ’प्रकासोत्सव’ को रुपमा मनाईदै



मायादेवी अनलाइन, कपिलवस्तु । 

आज गुरु नानक जयन्ति अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । आज संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाकासाथ  गुरु नानक प्रकासोत्सव र गुरुपर्व भनी मनाउने गर्दछन् । कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।

शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभातफेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ ।

विशेषगरि दुई दिन अगाडि देखि नै पवित्र ग्रन्थ ’गुरु ग्रन्थ साहिब’को ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई ’अखण्डपथु’ भनिन्छ । यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ  ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  ६ : २२ बजे