११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

विश्व निमोनिया दिवस आज, हरेक बर्ष १.६ मिलियन बालबालिकाहरु मर्ने गरेको तथ्यांक



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज विश्व निमोनिया दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारीखको दिन संसारभरी विश्व निमोनिया दिवस मनाइने गरिन्छ। आजको दिन यस दिवसमा ५ बर्ष भन्दा कम उमेरका बच्चाहरु अकाल मृत्युको मुख्य कारक बन्नु नपरोस् भनेर बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिन्छ । पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरुमा मृत्यु हुनेको प्रमुख कारणहरु मध्ये एक हो निमोनिया। तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ। स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ घटाए पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथाम गर्न विश्वभर नै चुनौति छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वभरि ५ वर्ष भन्दा कम उमेरका १५५ मिलियन बच्चा बिरामी हुने गरेका छन् । त्यसमध्ये हरेक वर्ष १.६ मिलियन बालबालिकाहरु यस रोगबाट मर्ने गरेको तथ्यांक छ । नेपालमा पनि हजारौँ बालबालिकाहरु यस रोगबाट मर्ने गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  ६ : १५ बजे