११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

बङ्गलादेशका राष्ट्रपति हमिद आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका



काठमाडौं ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल भ्रमणको लागि आउँदै हुनहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लाग्नु भएकाले अमिदले आजदेखि कार्तिक २९ गतेसम्म नेपालको भ्रमण गर्नु हुने छ ।

यसको लागि चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । आज अपराह्न काठमाडौँ आइपुग्नु हुने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमा समेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । 

भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बङ्लादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसैगरी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ । यस्तै उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  ६ : ०८ बजे