बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्रा्ष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल हुनुभएको छ । आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।
अमेरिकामा प्रि क्वालिफाइड भएपछि माष्टर–२ का लागि आयरल्यान्ड जानुभएका कार्कीले अन्तर्रा्ष्ट्रिय भारत्तोलन खेलमा अन्तर्रा्ष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण पदक हात पार्नुभएको हो । आयरल्याण्डमा उहांको जित माष्टर–२ आइपियलको अन्तर्रा्ष्ट्रिय च्याम्पियनको रेकर्ड हो ।
अमेरिकाको भजिर्नियामा परिवारसहित बस्दै आउनुभएका कार्कीले आफ्नो तौल समुहमा विश्व च्याम्यिपयन बन्दै रेकर्ड कायम गर्नुभएको हो । कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जित्नुभएको थियो ।
विश्व च्याम्पियन कार्कीका अनुसार नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उहां पहिलो नेपाली खेलाडी हो । उहां अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बन्नुभएको छ ।
२५ कार्तिक २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया