बुटवल ।
रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वा्चित भएका छन् । संघको १० अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्षमा प्रकाश ढकाल, कोषाध्यक्षमा दीपकप्रसाद अधिकारी र सहकोषाध्यक्षमा ऋषिराम पाण्डेको पनि एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वा्चित भएका छन् ।
महासचिवमा दयानिधि भण्डारी र केशव खनाल, सचिवमा नामदेव पाण्डे र कृष्णप्रसाद अर्याल तथा सहसचिवमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुमन अधिकारीले जानकारी दिए । संघको नयाँ कार्यसमिति चयनका लागि कार्तिक २८ गते निर्वाचन हुने कार्यतालिका छ । संघमा करिब तीन हजार सदस्य छन् ।
२५ कार्तिक २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया