११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भारतमा अयोध्या फैसलाबारे टिप्पणी गर्ने ७७ जना पक्राउ



नयाँदिल्ली ।

भारतमा अयोध्या मुद्दाको फैसलामाथि सामाजिक सञ्जालमा प्रतिक्रिया दिने दर्जनौं मानिस पक्राउ परेका छन् ।
‘साम्प्रदायिक सद्भाव’ भड्काएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । फैसलाको दुई दिनपछि समेत सुरक्षा फौज ‘अलर्ट’ बसेको छ । फैसलाबारे टिकाटिप्पणी आइरहँदा हिन्दु र मुस्लिम नेताहरुले दुवैतर्फलाई शान्त रहन आग्रह गरेका छन् ।

प्रहरीले भने फेसबुक, ट्वीटर, युट्युब लगायत सामाजिक सञ्जालमा यसबारे टिप्पणी गर्दा ‘सामाजिक सद्भाव’ भड्किने भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । अहिलेसम्म उत्तर प्रदेशमा ७७ जना पक्राउ परिसकेका छन् ।

साथै ८ हजार २ सय ७० वटा पोस्ट ‘साम्प्रदायिक सद्भाव’ विरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । तर प्रहरीले यस्ता पोस्ट गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रत्यक्ष म्यासेज गरेर हटाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  ६ : ४६ बजे