काठमाडौं ।
बंगलादेशमा जारी एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ। ढाका मिरपुरस्थित शहीद सुह्रावर्दी इन्डोर स्टेडियममा आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३-० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। पहिलो सेटमा २५–१५ ले जितेको नेपालले दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२० ले जित्यो। उपाधि दाबेदार नेपालले हिजो पहिलो खेलमा अफगानिसस्तानलाई पनि ३-० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले भोली बंगलादेश र पर्सि माल्दिभ्ससँग प्रतिष्पर्धा गर्नेछ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको च्याम्पियनसीपमा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामानेपालसहित किर्गिजस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागि छन्।
२५ कार्तिक २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया