काठमाडौं ।
ठगीको आरोप लागेपछि अघोरी बाबाका रुपमा परिचित विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँग हालै बिहे गरेकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।
महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले सोमबार दिउँसो उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।
विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो, उनले भने, हामीले उनकि श्रीमतीसहित नियन्त्रणमा लिएका छौँ ।’ बाबाकारुपमा परिचित केसी र पत्नीविरुद्ध ठगीको आरोपमा बौद्ध प्रहरीमा उजुरी परेको थियो । शारदामाथि यसअघि पनि विभिन्न अभियोग लागेका थिए ।
प्रतिक्रिया