मायादेवी अनलाइन, कपिलवस्तु ।
नवप्रभात युवा क्लव बाणगंगा ४ ठाकुरापुरको आयोजनामा सम्पन्न पुरुष खुल्ला भलिवल प्रतियोगिताको उपाधि रुपन्देहीको मणि मुकुन्द निलोले हात पारेको छ । शनिबार सम्पन्न फाइनल भिडन्तमा मणिमुकुन्द रातो लाई २–० को साझो सेटमा पराजित गर्दै मणि मुकुन्दले उपाधि हात पारेको हो । वेष्ट अफ थ्री को फाइनल खेलमा निलोले रातोलाई २५–१७, २५–२२ ले पराजित गरेको हो ।
उपाधि संगै उसले ५० हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता समुह रातोले ३५ हजार शिल्ड मेडल र प्रमाण पत्र पायो । यस्तै आजै भएको तेश्रो स्थानको भीडन्तमा शितगंगा अर्घाखाँचीलाई पराजित गरी सैनमैना नगरपालिका रुपन्देही तेश्रो भएको छ ।
उसले ३० हजार, शिल्ड, मेडल र प्रमाण पत्र पायो । मणिमुकुन्द निलोले अर्घाखाँचीलाई पराजित गरी फाइनलमा गएको थियो भने उपविजेता रातोले सैनमैनालाई पराजित गरी फाइनलमा गएको थियो । प्रतियोगितको अन्तिम सेमिफाइनल खेल भने निकै रोचक बनेको थियो । वेष्ट अफ फाइफको खेलमा उपविजेता रातो र सैनामैनाले दुईदुई सेट आ आफ्नो पक्षमा पारेका थिए । त्यसपछि भएको अन्तिम सेटमा मणिमुकुन्दले नाटकीय जित हासिल गर्यो । जित नजिक पुगेको सैनामैनालाई अन्तिम समयमा रोक्दै रातोले उत्कृष्ट पुनरागमन गर्दै रातोले १५–१४ को जित निकाल्दै फाइनलमा गएको थियो ।
यस्तै चौथो स्थान हासिल गरेको शितगंगाले ५ हजार र शिल्ड पायो । राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारी, समाजसेवी नरेश कुँवर लगायतले विजेताहरुलाई पुरस्कार दिनुभएको थियो । क्लवका खेल संयोजक अमर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लवका अध्यक्ष मिलन चालिसेले गर्नुभएको थियो ।
प्रतिक्रिया