१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

छरिएको पुँजी एकिकृत गरी स्थानीय स्तरमा लगानी गर्न मेयर श्रेष्ठको आग्रह



मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेण्ठले छरिएर रहेको पूँजीलाई एकिकृत गरी स्थानीय स्तरमा लगानी गर्न सहकारीलाई आग्रह गर्नुभएको छ । सहकारी विकासका प्रमुख साझेदार भएको भन्दै उहाँले स्थानीयस्तरमा सहकारीले प्रयाप्त लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले स्थानीय तहको निति नियम भित्र रहेर समुदायमा आर्थिक सम्वृद्धि हासिल गर्ने खालका कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभएको छ । लुम्विनी बचत तथा ऋण सहकारी संस्थाको चौधौ बार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

साथै कार्यक्रममा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी सहकारी संस्था मार्फत स्थानीय समुदायलाई आर्थिक रुपमा सवल बनाउनु पर्ने सहकारीकर्मीहरुले जोड दिएका छन् । उनीहरुले बैदेशिकक रोजगारीमा भन्दा स्थानीय कृषि उत्पादनमा सहकारीको लगानी विस्तार गरी गरिव तथा विपन्न समुदायको आयआर्जनमा बृद्धि गर्ने खालका कार्यक्रममा लगानी गर्न सुझाव दिएका छन् ।

सोही कार्यक्रममा भेषराज खनाल, खुमानन्द न्यौपाने, सिमा सुवेदी लगायतले संस्थाको थप प्रगतीको शुभकामना दिएका थिए । २०६४ सालमा स्थापना भएको लुम्विनी बचत तथा ऋण सहकारी संस्थाका ६ सय ३४ जना शेयर सदस्य छन्भने कुलपूँजी ४ लाख ५० हजारको हाराहारीमा छ ।

संस्थाका अध्यक्ष दिनेश बन्जाडेको अध्यक्षता, उपाध्यक्ष हिमलाल बेल्बासेको स्वागत, सचिव निलकुमार श्रेण्ठको सन्चालनमा भएको कार्यक्रममा कोषाअध्यक्ष विण्णु प्रसाद पौडेलले आर्थिक गतिविधिका बारेमा प्रकाश पारेका थिए । कपिलवस्तुमा विभिन्न नाम गरेका झन्डै ५ सयको हाराहारीमा सहकारी संस्था दर्ता भएपनि अधिकांश नाम मात्रका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  ९ : ०५ बजे