११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

किराँत धर्म गुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती आज



काठमाण्डौँ ।

राष्ट्रिय विभूति, समाजसुधारक फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्ती किरात धर्मावलम्बीले विविध कार्यक्रम गरी मनाउँदैछन् । फाल्गुनन्दले २४ बैशाख १९८८ मा पाँचथरको फिदिम नगरपालिका–६, चोकमागुस्थित लब्रेकुटीमा तत्कालीन दश लिम्बू सत्र थुमका व्यक्तित्व भेला गराई किरात समाज सुधारका लागि सात बुँदे सत्यधर्म मुचुल्काको घोषणा गरेका थिए ।

सो सत्यधर्म मुचुल्कालाई किरात समाज सुधारको क्षेत्रमा हालसम्मकै महत्वपूर्ण दस्तावेजको रुपमा लिने गरिन्छ । किरात धर्मावलम्बीहरुले फाल्गुनन्दलाई महागुरुको रुपमा सम्मान गर्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता तथा सांस्कृतिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सक्ने विश्वास व्यक्त गरिन् ।

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५ औँ जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनु भएको हो । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दका जीवनसँग गाँसिएका महत्वपूर्ण ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  ८ : २२ बजे