मायादेवी अनलाइन, वाणगंगा ।
अयोध्याको जग्गा विवादको फैसलाको कारणले ‘सील’ गरिएको कपिलवस्तुस्थित नाका खुलेका छन् । आइतबार दिउँसोदेखि नाकाहरु सुचारु भएका हुन् ।
भारतीय सुरक्षाकर्मीले आइतबार विहानैदेखि ‘अत्यावश्यक’ कामका लागि जान दिएको थियो । पूर्णरुपमा खोलेको थिएन । कामका लागि भारत जान थालेका धेरै मानिसहरु कृष्णनगर नाकामा अलपत्र परेपछि भारतीय पक्षले उनीहरुलाई विहानैदेखि जान दिएको थियो ।
दशैं र तिहार मनाएपछि मौसमी कामका लागि भारतका विभिन्न शहरमा जान थालेका पहाडी जिल्लाका नेपालीहरु नाका सील हुँदा कृष्णनगरमा अलपत्र परेका थिए ।
अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन दिने र बाबरी मस्जिदलाई अर्को ठाउँमा जग्गा दिने भारतीय सर्वोच्च अदालतको फैसलापछि सुरक्षा चुनौतीहरु देखिन सक्ने आकलन गर्दै कृष्णनगर, मर्यादपुर लगायतका नाका सील गरिएको थियो ।
शनिबार विहानैदेखि सील गरिएको कपिलवस्तुका नाकाहरु आइतबार दिउँसोदेखि सुचारु भएका हुन् । भारतीय पक्षले नेपाली अधिकारीलाई थाहा नै नदिई एक्कासी नाका सील गरेको थियो । उसले त्यसैगरी सुचारु गरेको छ ।
२५ कार्तिक २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया