मायादेवी अनलाइन, विजयनगर ।
नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आइतबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४१ औं जन्म जयन्ती मनाएका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्यालीको आयोजना गरि विभिन्न ठाउँमा परिक्रमा गर्दै मनाएका छन् ।
कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्ज विजयनगरमा मुस्लिमहरुले र्याली निकालेर विभिन्न ठाउँमा परिक्रमा गर्दै विजयनगर ५ पिपरीको मदरसा परिषरमा कोण सभा गरेका थिए । मोहम्मद डे विजयनगरमा धुमधामका साथ मनाएको मौलना मुजिबुर हसनले जानकारी दिए ।
यसै क्रममा विजयनगर गाउँपालिकाले मुस्लिम समुदायको लागि अध्यक्ष गोपाल बहादुर थापाले गरेको कामबाट प्रभावित भएर साउदी अरेबियाबाट मामा लोलु, हेला, नोरा, ताफिक, मोदी, सारा, नौरा, इक्बाल ब्यक्तिले त्यहाँबाट ६२ हजार ४ सय नेपाली रुपैयाँ सहयोग गरेका छन् ।
अध्यक्ष थापाले उक्त रकम आजै मदरसा अहिले सुन्नत फैजाने नइमियाको मौलाना र मदरसा अध्यक्षलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम मदरसाको वाल वाउन्डरीमा खर्च गर्ने बताएको छ ।
कोण सभामा आएका विद्यार्थी, मौलाना लगायत उक्त कोणसभा व्यवस्थापनका लागि रु. १५ हजार गणेशपुर र दत्तापुर मदरसालाई रु ५ हजार ५१ सहयोग गर्ने प्रतिबद्धता जाहिर गर्दै मुस्लिम समुदायलाई अरु समुदाय सरह शिक्षामा पहल गर्नु पर्ने वडा नं. ७ का वडाध्यक्ष दिनेश चौधरीले जोड दिए । कोण सभामा बोल्दै पिपरी मदरसालाई २१ हजार उपलब्ध गराउने जानकारी दिए ।
कोणसभामा इजहार खान, भुलन शाह, रेडियो विजयनगरका प्रमुख राम प्रघट कोरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । डा. जहिरुल हसन खाँको अध्यक्षता प्रमुख अतिथी गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, वडा अध्यक्ष अनवार मोहम्मद मुसलमान, दिनेश कुमार चौधरी, प्रशासकीय अधिकृत गोविन्द भट्टराई, इलाका प्रहरी गणेशपुरका प्रमुख मधु नेपाल, इमामुल हसन, नुर मोहम्मद शाह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम मुजिबर रहमानको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया