११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा



सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन्। उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ। साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेकोछ ।
रावलले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको प्रतिक्रिया जनाए । राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वा्चित नेकपा सांसद हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६ आइतबार ००:००  ३ : १७ बजे