नुवाकोट ।
नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । लागुऔषध (चरेस) मुद्धामा फरार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो ।
काठमाण्डौ जिल्ला अदालतले २०७६ जेठ २७ गते तामाङलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना हुने गरी फैसला गरेको थियो । तामाङ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा म्यागङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।
अर्का व्यक्ति होमबहादुर तामाङसमेत संलग्न रहेको लागुऔषध (चरेस) मुद्दामा यसअघि तामाङ ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
२४ कार्तिक २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया