११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

जुलुस र सभा बिनै ‘महोम्मद डे’ मनाउन चन्द्रौटा प्रशासनको अनुरोध



मायादेवी अनलाइन, वाणगंगा ।

आइतबार मुस्लिमहरुले महोम्मद डे मनाउँदैछन् । देशभरका मुस्लिमहरुले महोम्मद डे मनाउन लागेका हुन् । तर, गत बर्ष झै महोम्मद डे को अवसरमा र्याली, जुलुस र सभा गर्न भने नपाइने भएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रौटाले मुस्लिम समुदायहरुलाई सुरक्षित स्थानमा जम्मा भई धार्मिक परम्परा अनुसार भव्य र सव्य ढंगले महोम्मद डे मनाउन आग्रह गरेको छ ।

कार्तिक दोस्रो हप्ता लक्ष्मी पूजाको मूर्ती विसर्जनका क्रममा स्थानीय हिन्दु र मुस्लिम समुदायबीच मनमुटाव भएको थियो । त्यसले उग्ररुप लिन थाले पछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कफर्यु जारी गरेको थियो । कफर्यु तोड्दा एक जनाको ज्यान समेत गएको थियो ।

त्यही परिस्थितीलाई आकलन गरेर महोम्मद डे लाई फरक तरिकाले मनाउन मुस्लिम धर्मावलम्वीहरुलाई चन्द्रौटा प्रशासनले आग्रह गरेको हो । ईलाका प्रशासन कार्यालय चन्द्रौटाका कार्यालय प्रमुख शंकर बहादुर विष्टले विज्ञप्ति जारी गर्दै उक्त अपिल गर्नुभएको हो ।

चन्द्रौटा क्षेत्रमा प्रशासनले विज्ञप्ति निकाले पनि अरु क्षेत्रका मुस्लिम समुदायले र्याली, जुलुस र सभा गरेर महोम्मद डे मनाउन पाउनेछन् । जिल्लाको पश्चिमी क्षेत्र धार्मिक हिसाबले अरुभन्दा अलि संवेदनशिल क्षेत्र मानिन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६ आइतबार ००:००  १ : १७ बजे