११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु



महोत्तरी ।

महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिबार साँझ साईकलमा सवार बालकलाई जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ट्याक्टरले ठक्कर दिएको हो । जलेश्वर नगरपालिका २ निवासी विनोद मुखियाका ९ वर्षीय छोरा राजकुमार साईकलमा घर जाादै गर्दा लु २ त ७६९९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बालकलाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । अस्पतालमा राति चेकजाँको व्यवस्था नभएको भन्दै डाक्टरले बालकलाई जनकपुर रेफर गरेका थिए । बालकलाई जनकपुर अस्पताल पुर्याउँदा पनि उपचार सम्भव नभएको भन्दै अस्पतालले धरान रेफर गरेको थियो । बालकलाई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई ठक्कर दिने ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६ आइतबार ००:००  १२ : ५२ बजे