११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बंगलादेशमा ‘बुलबुल’ आँधीको प्रभावः ४ लाख मानिसलाई सुरक्षित स्थान सारियो



बंगलादेश ।
बंगलादेशमा बुलबुल नामक आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीका कारण चार लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयले कुल १८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिने जनाएको छ । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाएका छन् ।
पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६ आइतबार ००:००  १२ : ३२ बजे