डडेल्धुरा ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिने भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा जिल्ला अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि रेफर गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।
केसी १७ औं चरणको अनसनका लागि डडेल्धुरा पुगेका थिए । उनी ७ दिनदेखि अनसनमा छन् । अनसनको ५ औं दिन शुक्रबार उनलाई डडेल्धुरा अस्पतालमा लगिएको थियो।
सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो। केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले बताए। स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ। तर डा.केसीले स्लाइन चढाउन समेत मानेका थिएनन्। केसीका मागको समर्थनमा डडेल्धुरामा दिनहुँजसो प्रदर्शन भइरहेका छन् ।
२४ कार्तिक २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया