मायादेवी अनलाइन, जितपुर ।
भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै कपिलवस्तुमा भारतविरुद्ध नारावाजी गरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका चारनम्बरमा संयुक्त विद्यार्थी संघर्ष समितीको नेतृत्वमा प्रर्दशन गरिएको हो ।
संयुक्त विद्यार्थी सङ्घर्ष समितिद्धारा सिद्धार्थ क्याम्पस बुङ्चीबाट सुरु भएको कार्यक्रम चारनम्बर जितपुरमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रममा ‘गो ब्याक इंडिया’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘दलालहरु होसियार’, ‘हाम्रो भूमि फिर्ता गर’, ‘सिमा अतिक्रमण बन्द गर’, ‘वैदेशिक हस्तक्षेप बन्द गर‘ आदि लेखिएका प्लेकार्डहरु सहित विद्यार्थी सडकमा उत्रिएका थिए ।
विरोध र्यालीमा क्याम्पसका स्ववियु सभापति सुसिल खत्रीले सम्बोधन गर्दै भारतलाई नक्सा सच्चाउन आग्रह गर्नुभयो । उहाँले यदि भारतले नक्सा नसच्चाएमा गोर्खालीहरु आफ्नो भूमीको रक्षाको लागि जस्तो सुकै कदम चाल्न पनि तयार हुने बताउनुभयो ।
विरोध सभामा बोल्दै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले सिमा बिबादका विषयमा सम्पूर्ण नेपाली एक ढिक्क भई लड्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न दलका शिर्ष नेताहरुलाई पार्टीगत स्वार्थ त्याग्दै सिमा विवादका विषयमा एकजुट हुन आग्रह गर्नुभयो । कोणसभामा अखिल क्रान्तिकारीका जिल्ला सदस्य सुसिल परियारले देशका लागि सम्पुर्ण युवा नेतृत्व एक भएर अघि बढ्नु पर्ने बताउनुभयो ।
केही दिनअघि मात्र भारत सरकारले नेपालको केही भूभाग समावेश गरी नक्सा सार्वजनिक गरेको थियो । जसको देशभर विरोध भइरहेको छ । भारतले देशको विभिन्न स्थानमा नेपालको भूभागमा सीमा मिचेको छ । केही दिनअघि मात्र भारत सरकारले नेपालको केही भूभाग समावेश गरी नक्सा सार्वजनिक गरेको थियो । जसको देशभर विरोध भइरहेको छ ।
२४ कार्तिक २०७६ आइतबार ००:००
6
Shares
प्रतिक्रिया