११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

फ्रेन्च लिग वान फुटबलः पिएसजी विजयी



एजेन्सी ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) विजयी भएको छ ।
चोटका कारण मैदान बाहिरि रहेका नेइमार बिनाको खेलमा पिएसजीलाई जिताउन माउरो आइकार्डीले महत्वपूर्ण भूमिका निर्वाह गरे । अवे मैदानमा भएको खेलमा पिएसजीले ब्रेस्टलाई २–१ ले पराजित गरेको हो ।
एन्जल डी मारियाले ३९ औँ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर ७२ औँ मिनेटमा ग्राण्डसरले ब्रेस्टका लागि बराबरी गोल गरे ।
८५ औँ मिनेटमा आइकार्डीले गोल गर्दै पिएसजीको जित निश्चित गरेका हुन् । जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट ३० अंक भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६ आइतबार ००:००  ८ : २६ बजे