एजेन्सी ।
लियोनल मेस्सीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि ४-१ को जित निकालेको छ ।
क्याम्प नोउमा भएको खेलमा मेस्सीले दुई वटा उत्कृष्ट फ्रीकिक र एउटा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । २३ औं मिनेटमा जुनियर फिर्पोले प्रहार गरेको बल सेल्टाका डिफेन्डर जोसेफ आइडोको हातमा लागेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।
मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४२ औं मिनेटमा सेल्टाका लुकास ओलाजाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा र्पुयाए ।
त्यसको चार मिनेटपछि मेस्सीले फ्रीकिकबाट गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । ४८ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले अग्रता ३-१ मा लम्ब्यायो ।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा सर्जियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ४-१ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले रियल मड्रिडलाई पछाडि धकेल्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि रियलले एइबारलाई ४-० ले हराएको थियो । दुवै टिमको २५ अंक छ । रियल मड्रिडभन्दा बार्सिलोना दुई गोलले अघि छ ।
२४ कार्तिक २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया