११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रुपन्देहीमा विद्युत् चुहावट घट्दो



खस्यौली ।
रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ । नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।
बुटवल उप-महानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष हुकिङ, मिटर र मागको आधारमा चुहावट हुने गरेको बताइएको छ । “विद्युत्को खपत गर्नेले जती स्वीकृति लिएको छ त्यति नै आधारमा बल्व जडान गर्नुपर्छ नभए त्यसलाई मागको आधारमा चुहावट मानिन्छ”, प्रमुख मिश्रले भने, “केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷७४ मा १२.३४ प्रतिशत विद्युत् चुहावट भएकोमा आव २०७४÷७५ मा ९.६१ प्रतिशतमा झरेको छ ।
आव २०७५÷७६ मा ६.९१ प्रतिशतमा विद्युत् चुहावट सीमित हुन पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विद्युत् चुहावट गर्ने दुई जनालाई कारवाही गरिएको छ । ती दुईसँग रु ३३ हजार ७५३ रकम असूली गरिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६ आइतबार ००:००  ७ : २३ बजे