कपिलवस्तु ।
विज्ञ टोलीद्वारा सिद्धार्थ गौतम बुद्धले चढ्ने घोडा कन्थनको समाधी स्थलका रुपमा मानिएको ‘कन्थक स्तुपा’मा उत्खनन् सुरु गरिएको छ ।
जापानिज नागरिक तोकुसीनको आर्थिक सहयोगमा बेलायतको दुर्हम विश्व विद्यालय, पूरातत्व विभाग, लुम्बिनी बिकास कोषका विज्ञ टोलीहरुले अत्याधुनिक बैज्ञानिक तरिकाले उत्खनन्, अध्ययन, अनुसन्धान र अन्वेषण सुरु गरिएको हो ।
पूरातत्व विज्ञहरुको सात जनाको टोलीको अगुवाईमा प्राचीन कपिलस्तुको तिलौराकोट दरबार क्षेत्रको पूर्वतर्फ रहेको ‘कन्थक स्तुपा’मा उत्खनन् सुरु गरिएको हो । सिद्धार्थ गौतमले गृहत्याग गरेपछि त्यसको वियोग सहन नसकेपछि कन्थकको निधन भएको थियो ।
त्यसकै सम्झनामा बुद्धका पिता शुद्धोधनले समाधीसहितको कन्थक स्तुपा निर्माण गरेका हुन् भन्ने कथन छ । गत बर्ष पनि यही टोलीले त्यहाँ उत्खनन् गरको थियो । थप अध्ययन र अनुसन्धानका लागि कन्थक स्तुपमा यस बर्ष पनि उत्खननलाई रिन्तरता दिइएको पूरातत्व विभागका बरिष्ठ पूरातत्व अधिकृत राम बहादुर कुँवरले बताए ।
‘कन्थक स्तुपाको बारेमा अझै धेरै कुराहरु खुलेका छैनन्, बिस्तृत अध्ययनका लागि त्यहाँ उत्खननलाई निरन्तरता दिइएको हो ।’ बरिष्ठ पूरातत्व अधिकृत कुँवरले भने–‘उत्खननले त्यहाँको अवस्थाका बारेमा जानकारी पाउँछौ ।’ उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा पार्न प्रक्रिया अगाडि बढाएको स्पष्ट पारे ।
तीन बर्ष अघि कन्थक स्तुपाको दक्षिणतर्फ किनारमै उत्खननका क्रममा ठूलो बिहार र पोखरीको भग्नावशेष फेला परेको थियो । त्यस्तै सोही स्थानमा घैंटोमा राखिएको अवस्थामा करिब ६ सय वटा प्राचीन सिक्काहरु समेत भेटिएको थियो ।
दुर्हम विश्व विद्यालयका प्राध्यापक डाक्टर रविन कनिङघमले तिलौराकोट र त्यस वरिपरि पूरातात्विक संचारनाहरु धमाधम भेटिएका बताए । ‘तलौराकोटमा आठौं र छैठौं शताब्दी अघिका पूरातात्विक संचरनाहरु भेटिएका छन् ।’
विज्ञहरुको टोलीले दिएको प्रतिवेदनका आधारमा तिलौराकोट पनि छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने उनले विश्वास ब्यक्त गरे ।
२३ कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया