मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुले भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि लिपुलेक र कालापानी समेतलाई भारतीय भूमिमा पारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले एक विज्ञप्ती निकाल्दै नेपालको अविभाज्य अंगलाई भारतको नक्सामा राख्ने तथा भूभाग मिच्ने अधिकार कसैलाई नभएको प्रष्ट पारेका छन् ।
विज्ञप्तीमा यस घटनामा नेपाल सरकारलाई तत्काल भारत सरकारसँग स्पष्ट कुरा गर्न आग्रह गरेका छन् । वक्तव्यमा भारतसँगै चीनको प्रसङ्ग समेत उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘सदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।’
साथै विज्ञप्तीमा नेपाल र भारत छिमेकी देश भएकोले एक आपसमा विज्ञ तथा उच्च स्तरको समिति बनाएर तत्काल उत्त नक्साको समस्या समाधान गर्न उल्लेख गरिएको छ । यस घटनालाई तत्काल समाधान गर्न नेपाल तथा भारत सरकार संग जोडदार माग गरिएको छ ।
२३ कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया