मायादेवी अनलाइन, वाणगंगा ।
स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पस बुङ्चीको सभालमा सम्पन्न कार्यक्रममा सहकारीको वार्षिक आयब्याय प्रस्तुत गरिएको छ । सहकारीले गत वर्ष करिब ६० करोडको आर्थिक कारोबार गरेको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले यस क्षेत्रका सहकारी एकीकृत भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी मर्ज भएर बैंकलाई टक्कर दिने गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद पन्थीले सहकारीले लगानी बढाएमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष तेजप्रसाद आचार्य, सिद्धार्थ क्याम्पस प्रमुख खेमराज शर्मा, सरितादेवी ढकाल लगायतले बोल्नुभएको थियो । साधारण सभामा कोषाध्यक्ष रमेश पन्थीले आर्थिक प्रतिबेदन, सचिव टिकाराम पौडेलले प्रगती प्रतिबेदन र नवदत्त घिमिरेले लेखा समितीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा ९ जना विद्यार्थी, २२ जना जेष्ठ नागरिक र ७१ जना असल ऋणिलाई सम्मान गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष देवीप्रसाद पाण्डेको अध्यक्षता र सचिव टिकाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । २०६४ सालमा ७० जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ७ सय ५० जना सेयर सदस्य रहेका छन् ।
प्रतिक्रिया