११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक जारी



काठमाण्डौ ।
प्रधानमन्त्रीको आह्वानमा अहिले सर्वपक्षीय बैठक चलिरहेको छ । नेपाल र भारतको बीचमा रहेको सीमा समस्या लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद्, परराष्ट्रविद् तथा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी छन् ।

नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझाव सहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तरिकाले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल सुरु गर्नु‍भएको हो ।
सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारिसकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  ५ : ३७ बजे