नेपालगन्ज ।
संघीय संसदको प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले सभामुखमा दाबेदारी रहेको संकेत गरेकी छन् । प्रेस संगठन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभामुख तुम्बाहाङफेले घुमाउरो पाराले दाबेदारी प्रस्तुत गरेकी हुन् ।
उनले भनिन्, ‘उप–सभामुख भएको व्यक्ति सभामुखको हैसियतमा पुग्ने क्षमता र हैसियतमा जानुपर्छ भन्ने हामी सबै उपसभामुखको निष्कर्ष छ । सबैजनामा त्यो क्षमता छ । त्यस्तो वातावरण तयार गरेका छौं ।’
उनले आपूmले चाहना राखेर मात्र नभइ सभामुख बन्ने वा नबन्ने अधिकार भने पार्टी निर्णयबाट हुने पनि बताइन् । उनले मंसिरको दोस्रो वा तेस्रो साता संसदको नियमित अधिवेशन डाकेर सभामुख चयन गरिने उनले जानकारी दिइन् ।
उनले संवैधानिक परिषद्को बैठकले महिला र दलित आयोगका सदस्य र संवैधानिक आयोगका पदाधिकारीबारे छलफल हुने बताइन् ।
२३ कार्तिक २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया