११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुका मर्यादापुर, कृष्णनगर र चाकरचौडा सिमानाका ठप्प



मायादेवी अनलाइन, कपिलवस्तु ।
भारतले आज बिहानैदेखि कपिलवस्तुका सिमानाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले आज अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि अहिले नाकामा आवतजावत ठप्प छ । भारत सरकारको अनुरोधमा कपिलवस्तुका मर्यादापुर, कृष्णनगर र चाकरचौडा खुनुवा, छोठी भन्सार सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । भारतका पनि सबै नाका बन्द छन् । यसबारेमा नेपालीहरुलई मौखिक जानकारी दिइएको थियो ।  भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  १० : ४० बजे