११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेपालगञ्जमा घन्कियो ‘गो ब्याक इण्डिया’को नारा



नेपालगञ्ज ।
भारतले नेपाली भूमि कालापानी आफ्नो नक्सामा पारेको विरोधमा नेपालगञ्जमा पनि प्रदर्शन गरिएको छ । युवा संघको अगुवाईमा युवा विद्यार्थीले नेपालगञ्जमा भारतविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
‘गो ब्याक इन्डिया, कालापानी हाम्रो हो’ भन्दै युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । वीपीचोकबाट ब्यानर, छातीमा ‘गो ब्याक इन्डिया’ लेखेका पोष्टर टाँसेर युवा विद्यार्थीले बजारमा परिक्रमा गरेका थिए । धम्बोझीचोकमा पुगेर कोण सभा गरिएको थियो ।
कोण सभालाई किशोर थापा, रतन शाही, मोहित शाह, तुलसीमणि केसी र सुरेन्द्रजंग शाहले सम्बोधन गर्दै भारतलाई तत्काल नक्सा सच्याउन चेतावनी दिए । उनीहरुले कालापानीबाट भारत पछि नहटे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
केही दिनअघि मात्रै भारतले जारी गरेको नक्सामा नेपाली भूमि कालापानी पारेपछि नेपालमा भारतविरुद्ध प्रदर्शन भइरहेको छ । बाँकेमात्रै होइन, भारतीय कदमको विरुद्धमा देशव्यापी प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६ शुक्रबार ००:००  १२ : ०८ बजे